शनिबार, भदौ ६, २०८३

जुम्लामा पनि पीसीआर परीक्षण सुरु

कर्णाली प्रदेशको जुम्लामा पनि कोरोना भाइरसको पीसीआर परीक्षण गरिएको छ।
 |  मंगलबार, वैशाख २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०७७

सुर्खेत- कर्णाली प्रदेशको जुम्लामा पनि कोरोना भाइरसको पीसीआर परीक्षण गरिएको छ। सोमबार रातिखि पीसीआर परीक्षण सुरु गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाका प्रयोगशाला संयोजक विवेक पुनमगरले जानकारी दिए।

उनका अनुसार पहिलो दिन ८ जनाको मात्रै पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छन्। जुम्लाबाट पीसीआर परीक्षण सुरु भएसँग अबदेखि कर्णाली प्रदेशका दुई ठाउँ (सुर्खेत र जुम्ला) मा कोरोनाको नमुना परीक्षण हुनेछ।

जुम्लामा मेसिन आएको झन्डै १३ दिनपछि परीक्षण सुरु गरिएको हो। प्रतिष्ठानले एक पटकमा ९६ वटा नमुना परीक्षण गर्न सक्ने क्षमताको पीसीआर मेसिन २७ लाखमा चीनबाट खरिद गरी ल्याएको हो।

‘आरटी–पीसीआर मेसिनले एक पटकमा ९६ वटा नमूना परीक्षण गर्न सक्छ तर हामी २४ वटा मात्रै परीक्षण गर्ने भनेको छौं’, प्रयोगशाला संयोजक पुनले भने, ‘तत्काललाई एक पटकमा २४ वटा नमूना परीक्षण गर्छौं।’

जुम्लामा विदेशबाट आएका र सम्भावित खतराको आशंका लागेको क्षेत्रमा पुगेर स्वाब संकलन गर्ने अस्पतालले जनाएको छ। जुम्लासँग २ सय ५० जनाको परीक्षण गर्न मिल्ने एक्ट्रयाक्सन टिक रहेको छ।

प्रकाशित: May 05, 2020| 12:02 मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।