एजेन्सी– पाकिस्तानका तीव्र गतिका पूर्व बलर शोएव अख्तरले टिम इन्डियाको बलिङ प्रशिक्षक बन्ने इच्छा व्यक्त गरेका छन्। उनले सोसियल नेटवर्किङ एप हेलोमा समर्थकसँग कुरा गर्दै यस्तो बताएका हुन्।
‘भारतीय बलिङ कोचको अफर आएमा के गर्नुहुन्छ ?’ भन्ने समर्थकको प्रश्नमा उनले भने, ‘पक्कै पनि म गर्नेछु। मेरो काम भनेकै आफ्नो अनुभव साझा गर्नु हो। मैले जे सिकेको छु, त्यसलाई अघि बढाउने छु।’
साथै उनले भारतीय बलरलाई आक्रामक बनाउने पनि बताएका छन्। उनले भने, ‘अहिलेका भारतीय बलरहरु धेरै राम्रा छन्। तर यदि मलाई प्रशिक्षण गराउने अवसर मिल्यो भने कार्यकालभरिमा आक्रामक, तीव्र र यस्तो बलर बनाउन चाहन्छु जसले ब्याट्समेलनाई हैरान बनाउने छ।’
उनले भारतीय राष्ट्रिय टिमबाहेक आईपीएलको फ्रेन्चाइज टिम कोलकाताको प्रशिक्षक बन्ने इच्छा पनि व्यक्त गरेका छन्। अख्तर लिगको पहिलो सिजनमा कोलकातामा थिए।