आइतबार, चैत ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • बुन्डेसलिगा सुरु हुने समय नजिकिँदा क्लबमै कोरोना संक्रमित थपिए

बुन्डेसलिगा सुरु हुने समय नजिकिँदा क्लबमै कोरोना संक्रमित थपिए

जर्मनीमा शीर्ष डिभिजनका क्लबमा १० जना कोरोना संक्रमित पाइएको छ। खेल सुरु गर्नका लागि एक हजार सात सय २४ जनाको टेस्ट लिइएकोमा १० जनामा पोजेटिभ केस पाइएको हो।
 |  मंगलबार, वैशाख २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०७७

जर्मनीमा शीर्ष डिभिजनका क्लबमा १० जना कोरोना संक्रमित पाइएको छ। खेल सुरु गर्नका लागि एक हजार सात सय २४ जनाको टेस्ट लिइएकोमा १० जनामा पोजेटिभ केस पाइएको हो।

National life

अहिले क्लबहरु सानो सानो समूह बनाएर प्रशिक्षण गरिरहेका छन्। कोरोनाको टेस्टपछि टिमकै प्रशिक्षण सुरु गर्ने योजना थियो। तर, जर्मन फुटबल क्लबले संक्रमित भेटिएको बताएसँगै बुन्डेसलिगाले पुनः सरकारको निर्णय पर्खनु पर्ने भएको छ।

शीर्ष डिभिजन क्लब कोलोग्नीमा गत हप्ता तीन केस भेटिएको थियो। तर, यो पटकको टेस्टमा भने कोरोना संक्रमित भेटिएको छैन। संक्रमण पाइएकाहरुलाई सावधानीका लागि आइसोेलेसनमा राखिएको छ।

युरोपमा मैदान फर्किने पहिलो लिगका रुपमा बुन्डेसलिगाले तयारी गरिरहेको छ। मे ९मा फर्काइने भनिएको भए पनि सरकारले मे १६ वा २३ सम्मका लागि धकेलिदिएको छ। तर, यसबारे मे ६ मा बस्ने सरकारको बैठकले नै पूर्ण निर्णय गर्ने चान्सलर एन्जेला मार्केलले बताएकी छन

एजेन्सी

Laxmi sunrise bank
kumari

प्रकाशित: May 05, 2020| 09:15 मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।