मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • क्रिकेट बल चम्काउन थुक–पसिना नचाहिने, अस्ट्रेलियन कम्पनीले बनायो वाक्स एप्लिकेटर

क्रिकेट बल चम्काउन थुक–पसिना नचाहिने, अस्ट्रेलियन कम्पनीले बनायो वाक्स एप्लिकेटर

क्रिकेट बल निर्माण गर्ने अस्ट्रेलियन कम्पनीले छिट्टै वाक्स एप्लिकेटर लिएर बजारमा आउँदैछ। मैनले बनाइएको यो पदार्थ क्रिकेट बल चम्काउन प्रयोग गरिने छ।
 |  मंगलबार, वैशाख २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०७७

क्रिकेट बल निर्माण गर्ने अस्ट्रेलियन कम्पनीले छिट्टै वाक्स एप्लिकेटर लिएर बजारमा आउँदैछ। मैनले बनाइएको यो पदार्थ क्रिकेट बल चम्काउन प्रयोग गरिने छ।

कम्पनीले एक महिनामा वाक्स एप्लिकेटर बजारमा ल्याउन काम थालेको बताएको छ। “हामी बल चम्काउने पुरानो तरिका बदल्न वाक्स एप्लिकेटर बनाइरहेका छौं। अम्पायरको निगरानीमा यसको प्रयोग गर्न सकिने छ,” कम्पनीका एमडी ब्रेट इलियटले भनेका छन्। उनले यसको असर खेलपछि मात्र देख्न सकिने बताएका छन्।

कोरोना भाइरस रोग (कोभिड–१९) को जोखिम कम भएपछि जब क्रिकेट सुरु हुनेछ, तब यो वाक्स प्रयोग गर्न सकिने छ। अहिलेसम्म खेलाडीले बल चम्काउन थुक र र्याल र पसिनाको प्रयोग गर्दै आएका थिए।

केही हप्ता अघिबाट पोस्ट कोरोना प्रतियोगितामा बल चम्काउनेबारे सवाल पैदा भइरहेका थिए। मुखबाट निस्कने पदार्थ कोरोना सर्ने मुख्य माध्यम भएको चिकित्सकले बताउँदै आएका छन्। यसै विषयलाई मध्यनजर गर्दै कोरोना पछिका प्रतियोगितामा थुक र पसिनाको विकल्प खोज्न थालिएको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी)ले वाक्स प्रयोग गर्नेबारे विचार गरिरहेको छ। कोरोनाको जोखिमलाई कम गर्दै खेलाडीलाई सुरक्षित राख्न आईसीसीले यो विधि प्रयोग गने अनुमति दिनसक्ने सम्भावना धेरै छ। 

त्यस्तै, अस्ट्रेलियन इन्स्टिच्युट अफ स्पोर्ट्सले भविष्यमा बल चम्काउन थुक र पसिना प्रयोग नगरिने दाबी गरेको छ।

खेलाडी के भन्छन्?

वाक्स एप्लिकेटर प्रयोबारेमा खेलाडीहरूको राय बाझिएको छ। केही खेलाडीले वाक्सको प्रयोग प्रचलनमा ल्याउनुपर्नेमा जोड दिएका छन् भने केहीले पुरानो शैली नै उत्तम भएको बताएका छन्।

भारतीय पूर्वक्रिेकटर सचिन तेन्दुलकरले अब खेलाडी थुक प्रयोग गरेर बल चम्काउन हिचकिचाउने दाबी गरेका छन्। एलन डोनाल्डले पनि विकल्पको समर्थन गरेका छन्। तर, डेविड वार्नर, माइकल होल्डिंग्स, वाकर युनुस आशिष नेहरालगायत खेलाडीले पुरानै तरिका कायम गनुपर्ने बताएका छन्।

कस्तो हुन्छ एप्लिकेटर?

एमडी ब्रुटका अनुसार स्पन्जको माथिल्लो हिस्साको पछाडि खास तरिकाको मैनको लेपन हुनेछ। यसलाई खेलाडी वा अम्पायरले सजिलै खल्तीमा राख्न सक्नेछन्।

एजेन्सी

प्रकाशित: May 05, 2020| 11:46 मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।