शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल-भारत सीमामा तनाव, स्थिति नियन्त्रण गर्न हवाई फायर

नेपाल-भारत सीमामा तनाव, स्थिति नियन्त्रण गर्न हवाई फायर

सीमा सुरक्षामा खटिएका नेपाली प्रहरीमाथि भारतीय समुहले आक्रमण गरेपछि सीमा क्षेत्रमा गोली चलेको छ ।
 |  मंगलबार, वैशाख २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०७७

झापा– सीमा सुरक्षामा खटिएका नेपाली प्रहरीमाथि भारतीय समूहले आक्रमण गरेपछि सीमा क्षेत्रमा गोली चलेको छ ।

झापाको झापा गाउँपालिका वडा नम्वर ४ सँगै रहेको जंगे पिलर १३१ नम्वर क्षेत्रमा रहेको सुरक्षा प्रहरी पोस्टमा भारतीय समूहले आक्रमण गरेपछि हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

उनका अनुसार सोमबार दुई जना भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो ।

सीमामा ओहोरदोहोर गर्न नदिएपछि ती फर्काइएका दुई ब्यक्तिले ४०-५० जनाको समूह बनाएर साँझ आक्रमणको प्रयास गरेका थिए । सीमामा खटिएका प्रहरीमाथि आक्रमणको प्रयास भएपछि हवाई फायर गरिएको एसपी कोइरालाले बताए ।

भारतीय युवाहरुले जवरवस्ति गर्न खोजेपछि प्रहरीले गोली चलाएको झापा गाउँपालिकाका स्थानीयले बताएका छन् । प्रहरीले हवाई फायर गरेपछि युवाहरुको समूह तितरवितर भएको थियो ।

घटनापछि झापामा भारतसँग सिमा जोडिएका क्षेत्रमा बाक्लो संख्यामा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सीमा सिल गरे पनि लुकिछिपी नेपाल भारत ओहोर दोहोर गर्नेहरुको संख्या बढेपछि अहिले प्रत्येक एक किलोमिटरमा अस्थायी सुरक्षा पोस्ट राखेर निगरानी बढाइएको छ।

प्रकाशित: May 05, 2020| 10:34 मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।