धनगढी– कोरोना भाइरस रोग (कोभिड–१९) आशंकामा कैलालीको सेती प्रादेशिक अस्पताल भर्ना तीन जनाको (पीसीआर टेस्ट) स्वाब परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ।
कैलालीको गौरीगंगा नगरपालिकाका ३२ वर्षीय पुरुष र उनकी ८ वर्षीया छोरी तथा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकी १८ वर्षीया युवतीको रिपोर्ट नेगेटिभ देखिएको अस्पतालले जनाएको छ।
यस्तै, कोरोना संक्रमणको आशंकामा सोमबार साँझ एक जना अस्पतालको आइसोलेसनमा भर्ना भएको अस्पताल स्रोतले जनाएको छ।
सुदूरपश्चिममा अहिलेसम्म पाँच जनामा संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये चार जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने एक महिला उपचाररत छिन्।