शनिबार, भदौ ६, २०८३

बर्दियाले गर्‍यो बाँकेसँगको सीमा नाका सिल

 नेपालगन्जमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि बर्दिया प्रशासनले बाँकेसँगको सीमा क्षेत्र सिल गरेको छ।
 |  मंगलबार, वैशाख २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २३, २०७७

काठमाडौं- नेपालगन्जमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि बर्दिया प्रशासनले बाँकेसँगको सीमा क्षेत्र सिल गरेको छ।

बाँकेसँग सीमा जोडिएको बासगढी नगरपालिका र गेरुवा गाउँपालिकाको सीमा क्षेत्र सिल गरिएको बर्दिया प्रशासनले जनाएको छ।

दुई जिल्ला जोड्ने मुख्य सडक नाका मानखोलामा दुईवटा पुल छन् भने बढैयाताल गाउँपालिकाको जमुनीमा झोलुंगे पुलबाट मानिस आउजाउ गर्छन्।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले नेपालगन्जबाट शंकास्पद व्यक्तिहरू बर्दिया पस्ने जोखिम देखिएकाले सीमा सिल गरिएको जानकारी दिए। उनले एम्बुलेन्स, सुरक्षा निकायका र अत्यावश्यक सवारीसाधनबाहेक सम्पूर्ण आवतजावतमा रोक लगाइएको बताए।

छिमेकी जिल्ला बाँके र कैलाली तथा भारतको बहराइचमा कोरोना संक्रमित देखिएकाले बर्दिया उच्च जोखिममा रहेको भन्दै लामिछानेले लकडाउन थप कडा गरिने बताए।

कैलालीसँगको सीमा भने करिब एक महिनाअघि नै सिल गरिसकिएको छ। साथै प्रशासनले अनावश्यक भीडभाड हुन नदिन जिल्लामा साताको तीन दिन मात्र उपभोग्य सामान खरिदबिक्री खुला गर्ने निर्णय गरेको छ।

प्रशासनका अनुसार आइतबार, मंगलबार र बिहीबार बिहान ७ देखि ११ बजेसम्म मात्र खाद्यान्न, तरकारीलगायत पसल खोल्न पाइनेछ। यसअघि प्रत्येक दिन दिउँसो ११ बजेदेखि २ बजेसम्म पसल खोल्न दिइन्थ्यो।

प्रकाशित: May 05, 2020| 12:55 मंगलबार, वैशाख २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।