पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना पुष्टि भएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या २६ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
प्रदेश १ मा शनिबार ८६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ६४, सुनसरीमा १९, तेह्रथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको दर उच्च रहेको छ। प्रदेशमा शुक्रबार साँझसम्म १ हजार ६८२ जना संक्रमित भएकामा एक हजार ५२० जना अर्थात् ९० दशमलव ३७ प्रतिशत निको भएका छन्।