बिहीबार, भदौ ११, २०८३

गण्डकी प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको दर उच्च

गण्डकी प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको दर उच्च रहेको छ। प्रदेशमा शुक्रबार साँझसम्म १ हजार ६८२ जना संक्रमित भएकामा एक हजार ५२० जना अर्थात् ९० दशमलव ३७ प्रतिशत निको भएका छन्।
 |  शनिबार, साउन ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०७७

काठमाडौं- गण्डकी प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको दर उच्च रहेको छ। प्रदेशमा शुक्रबार साँझसम्म १ हजार ६८२ जना संक्रमित भएकामा एक हजार ५२० जना अर्थात् ९० दशमलव ३७ प्रतिशत निको भएका छन्।

संक्रमितमध्येका १५७ जनाले विभिन्न जिल्लास्थित आइसोलेसन कक्षमा उपचार गराइरहेका छन् भने ५ जनाको कोरोनाका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सक्रिय कोरोनाको प्रतिशत नौ दशमलव ३३ रहेको छ भने मृत्यु हुने प्रतिशत शून्य दशमलव ३० छ। म्याग्दीमा ४८ संक्रमित रहेकामा सबै जना निको भएपछि घर फर्केका छन्। म्याग्दीमा सक्रिय बिरामी छैनन्।

कास्कीमा १९५ संक्रमित भएकामा १४५ जना उपचारपछि निको भएर घर फर्केका छन् भने सक्रिय केस ४९ छन्। कास्कीमा एक जनाको मृत्यु भएको छ।

पर्वतमा १०४ संक्रमित भएकामा ९८ जना निको भए भने छ जनाको उपचार भइरहेको छ। यसैगरी बाग्लुङमा २६३ संक्रमितमा २४४ निको भए भने १८ जनाको उपचार जारी रहँदा एक जनाको मृत्यु भएको छ।

स्याङ्जामा २९८ मध्येमा २५६ उपचारपछि घर फर्केका छन्। जिल्लामा ४० जनाको उपचार भइरहँदा दुई जनाको मृत्यु भएको छ। नवलपरासी पूर्वमा ३३३ मा ३२६ निको भएका छन् भने सात जनाको उपचार भइरहेको तथा तनहुँमा २१० संक्रमित हुँदा १८० निको भए भने ३० जनाको उपचार भइरहेको छ।

गोरखामा ११६ जना संक्रमित रहेकामा ११२ जना उपचारपछि घर फर्किएका छन्। तीन जनाको उपचार जारी रहँदा एक जनाको कोरोनाका कारणबाट मृत्यु भएको छ।

लमजुङमा ११३ मा १०९ निको भएका छन् भने चार जनाको उपचार जारी छ। हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा भने एक÷एकजना संक्रमित भएका दुवै जना उपचारपछि निको भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए प्रदेशका मुस्ताङ बाहेकका १० जिल्लामा गरी एक हजार ११२ जना क्वारेन्टिनमा रहेका छन्।

१८ जना संक्रमित थपिए

गण्डकी प्रदेशमा आज १८ जना कोरोना संक्रमित थपिएका छन्। निर्देशनालयका अनुसार कास्कीमा ११ तथा तनहुँ र बाग्लुङमा दुई÷दुई तथा गोरखा, नवलपरासी र बाग्लुङमा एक/एकजना छन्।

कास्कीमा संक्रमण पुष्टि भएका सबै जना पोखरा महानगरपालिका भित्रका हुन्।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए। यससँगै प्रदेशमा संक्रमित १ हजार ७०० पुगेका छन्।

प्रदेशमा हालसम्म ३२ हजार ९९६ जनको पिसिआर विधिबाट नमूना जाँच गरिएकामा ३१ हजार २९६ जनामा कोरोना देखिएको छैन। रासस

प्रकाशित: Aug 15, 2020| 14:35 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।