धनगढी- कैलालीमा ८१ हजार नगदसहित आठ जना जुवाडे पक्राउ परेका छन्। लम्कीचुहा नगरपालिका १, बसपार्कमा रहेको दिपाली होटल एन्ड लजमा गएराति जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।
होटलमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, लम्कीबाट खटिएको टोलीले छापा हानेको थियो।
पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्वर १ का ३२ वर्षीय रामराज जैशी, सोही ठाउँका ३६ वर्षीय लक्ष्मण बुढाथोकी, ३३ वर्षीय जीवन अधिकारी, ३० वर्षीय धमिन्द्र रावल छन्।
यस्तै, सोही ठाउँका २० वर्षीय पवन थापा, वडा नम्वर २ का ३३ वर्षीय प्रकाश शाही, वडा नम्वर ४ का ३३ वर्षीय पुरन बिक र घोडाघोडी नगरपालिका १ बस्ने अक्कल शाहीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।
पक्राउ परेका आठ जनामाथि जुवा ऐनअन्तर्गत मुद्दा चलाइने उनले बताए।
