बिहीबार, भदौ ११, २०८३

९० दिनमा १०२ जना कोरोना संक्रमितको मृत्यु

हिजो (शुक्रबार) अपरान्ह ४ बजेसम्म मृतकको संख्या ९९ थियो।
 |  शनिबार, साउन ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०७७

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सय नाघेको पुगेको छ। पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु पुष्टि भएसँगै मृतकको संख्या १०२ पुगेको हो।

हिजो (शुक्रबार) अपरान्ह ४ बजेसम्म मृतकको संख्या ९९ थियो।

संसारमा कोरोना भाइरस सुरू भएको करिब चार महिनापछि नेपालमा यो भाइरस संक्रमणले पहिलो मृत्यु भएको थियो।

गत जेठ ३ गते सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको थियो।

उनको मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो।

जेठ ३ देखि साउन ३१ गतेसम्मको करिब सय दिनको अवधिमा मृतकको संख्या सय नाघेको छ।

प्रकाशित: Aug 15, 2020| 16:29 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।