बिहीबार, भदौ ११, २०८३

आज ४६८ जनामा कोरोना पुष्टि, १२४ डिस्चार्ज

पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना पुष्टि भएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या २६ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
 |  शनिबार, साउन ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना पुष्टि भएको छ।

यो सहित नेपालमा कुल संक्रमितको संख्या २६ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा ११ हजार ४७ पीसीआर नमुना परीक्षण गरिएको छ।

हाल नेपालमा १४ हजार ४४८ जना क्वारेन्टिनमा रहेका छन्। गत २४ घण्टामा १२४ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार १०१ पुगेको छ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८ हजार १९३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा प्रति १० लाख जनामा १७ हजार ३२८ जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Aug 15, 2020| 16:26 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।