सोमबार, वैशाख २८, २०८३

रसियामा कोरोनाविरुद्धको खोप उत्पादन सुरु

केही दिनअघि मात्रै कोरोनाविरुद्धको खोप पत्ता लगाएको दाबी गरेको रसियाले यसको उत्पादन थालेको छ।
 |  शनिबार, साउन ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०७७

काठमाडौं- केही दिनअघि मात्रै कोरोनाविरुद्धको खोप पत्ता लगाएको दाबी गरेको रसियाले यसको उत्पादन थालेको छ।

National life

त्यहाँको स्वास्थ्य मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्धको खोपको उत्पादन थालिएको जानकारी दिएको हो।

साथै उक्त खोप यही अगस्ट महिनाको अन्तिमसम्म बाहिर ल्याउने मन्त्रालयले जनाएको छ।

विश्वका थुप्रै वैज्ञानिकहरुले रसियाले खोपको भरपर्दो परीक्षण नगरी ल्याउन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

रसियामै गरिएको एउटा स्वतन्त्र सर्वेक्षणमा त्यहाँका आधाभन्दा बढी चिकित्सकले आफूहरुलाई खोपप्रति विश्वास नभएको र आफूहरुले प्रयोग गर्न नचाहेको बताएका छन्।

रसियाले खाेप प्रयाेगमा ल्याएपछि सबैभन्दा पहिले चिकित्सक र शिक्षकहरुलाई लगाउने बताएकाे छ।

राष्ट्रपति भ्लादिमिर पुटिनले खोप सार्वजनिक भएलगत्तै खोप सबै हिसाबले परीक्षण गरिएको र आफ्नी छोरीमा पनि यो खोप परीक्षण भइसकेको बताएका थिए।

यो खोपको नाम स्पुत्निक–५ राखिएको छ। संसारकै पहिलो भूउपग्रहको नामबाट खोपको नामाकरण गरिएको रसियाको भनाइ छ।

प्रकाशित: Aug 15, 2020| 15:25 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।