काठमाडौं- छिमेकी मुलुक भारतको ७४ औं स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएका छन्।
भारतीय प्रधानमन्त्रीलाई मेन्सन गर्दै ट्विटर मार्फत् प्रधानमन्त्री ओलीले शुभकामना तथा बधाई दिएका हुन्। ‘प्रधानमन्त्री नरेन्द्र मोदीजी बधाई तथा शुभकामना छ,’ ओलीले ट्विट गर्दै भनेका छन्, ‘७४ औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय सरकार र भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्दछु।’
ब्रिटिस उपनिवेशबाट सन् १९४७ मा आजकै दिन भारत मुक्त भएको थियो। त्यसयता भारतले आजको दिनलाई स्वतन्त्रता दिवसका रुपमा मनाउँदै आइरहेको छ।
