बिहीबार, साउन २१, २०८३

खानाको प्याकेटबाट कोरोना सर्ने डर कति ?

खानाको प्याकेट वा सामानको प्याकेटबाट कोरोना भाइरस सर्ने समाचारहरुका कार कतिपय ठाउँमा मानिसहरु चिन्तित छन्।
 |  शनिबार, साउन ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०७७

काठमाडौं- खानाको प्याकेट वा सामानको प्याकेटबाट कोरोना भाइरस सर्ने समाचारहरुका कार कतिपय ठाउँमा मानिसहरु चिन्तित छन्।

तर विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भने खाना वा खानाको प्याकेटबाट कोरोना भाइरस सर्ने तथ्य अहिलेसम फेला पारेको छैन।

डब्ल्युएचओले एक अपिल जारी गर्दै खाना वा खानाको प्याकेटबाट कोरोना सर्ने भन्ने कुराले नडराउन भनेको छ।

डब्ल्युएचओका आकस्मिक कार्यक्रम प्रमुख माइक रायनले डेलभरी गर्दा वा खाना राखिएको प्याकेटको प्रयोगमा नडराउन आग्रह गरेका छन्।

त्यस्तै डब्ल्युएचओकी महामारी विशेषज्ञ मारिया व्यान करेखोवेले चीनले लाखौं प्याकेटमा यसरी परीक्षण गरिएको र निकै थोरै केसहरु मात्र पोजेटिभ देखिएको बताइन्।

चीनले केही दिनअघि ब्राजिलबाट आयात गरिएको फ्रोजोन चिकेनमा कोरोना भाइरस पाइएको बताएको थियो। साथै इक्वाडोरबाट आएको झिंगे माछाको प्याकेटमा पनि कोरोना पाइएको चीनको भनाइ थियो।

केही समयअघि थुप्रै देशका वैज्ञानिकहरुले कोरोना भाइरस हावाबाट पनि सर्न सक्ने बताएका थिए। तर वैज्ञानिकहरुको दाबीमा अध्ययन गरी डब्ल्युएचओले हावामा पनि भाइरस हुन सक्ने कुरा स्वीकार गरेको थियो।

प्रकाशित: Aug 15, 2020| 13:55 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्