बिहीबार, भदौ ११, २०८३

वीरगन्जमा थप एक जना संक्रमितको मृत्यु

वीरगन्जमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
 |  शनिबार, साउन ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०७७

काठमाडौं- वीरगन्जमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचाररत वीरगन्ज महानगरपालिकाको मुर्ली निवासी ६० वर्षीय पुरुषले शुक्रबार राति ज्यान गुमाएका छन्।

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिकाको मुर्ली निवासी ६० वर्षीय वृद्ध रहेको गण्डक कोभिड अस्पतालले जनाएको छ।

एक हप्तादेखि नारायणी अस्थायी कोभिड अस्पतालमा उपचाररत रहेका ती वृद्ध शुक्रबार साँझ ७ बजे कोरोना अस्पतालमा मृत्यु भएको कोभिड अस्पतालका इन्चार्ज डा. उदयनारायण सिंहले बताए। उनका अनुसार उच्च रक्तचाप, मधुमेह रोगबाट ग्रसित र पक्षघात समेत भएका वृद्धलाई कोरोना पुष्टि भएपछि साउन २७ गते भर्ना गरिएको थियो।

 ती पुरुषको शुक्रबार राति सघन उपचार कक्षमा उपचार गर्दागर्दै मृत्यु भएको हो। गत साउन २४ मा उनी कोरोना पुष्टि भएपछि कोभिड अस्पताल आएका थिए।

कोरोना भाइरस संक्रमणका कारण पर्सामा साउनयता मात्रै २३ जनाको मृत्यु भएको छ।

प्रकाशित: Aug 15, 2020| 10:21 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।