बिहीबार, भदौ ११, २०८३

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा शनिबार बिहान थप १० जनामा कोरोना संक्रमण देखिएको छ।
 |  शनिबार, साउन ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०७७

काठमाडौं- गण्डकी प्रदेशमा शनिबार बिहान थप १० जनामा कोरोना संक्रमण देखिएको छ।

थपिएका संक्रमितमध्ये कास्कीमा तीन, तनहुँ तथा बाग्लुङमा दुई/दुई, र गोरखा तथा स्याङ्जामा एक/एक जना रहेको स्वास्थ्य निर्देशनालय, गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ र ८ मा एक/एक जना पुरुष र वडा नम्बर ८ मा १५ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए। योसँगै कास्कीमा कोरोना संक्रमितको संख्या १९९ पुगेको छ। 

त्यसैगरी तनहुँको भानुमा दुई पुरुष, बागलुङको बाग्लुङ तथा बडिगाड एकरएक पुरुष गोरखामा एक महिला र स्याङ्जाको पुतलीबजारमा एक जना पुरुषमा संक्रमण देखिको उनले जानकारी दिए।

तनहुँमा अहिलेसम्म २१२, बागलुङमा २६५, गोरखामा ११७, स्याङ्जामा २९९ जनामा कोरोना संक्रमण देखिएको छ। गण्डकी प्रदेशमा अहिलेसम्म १ हजार ६९२ जनामा कोरोना देखिएको छ। त्यसमध्ये पाँच जनाको मृत्यु भएको छ भने १ हजार ४९३ जनामा निको भएर घर फर्किएका छन्।

प्रकाशित: Aug 15, 2020| 10:37 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।