कोरोना भाइरसको महामारीका बीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भने सरुवाको चटारो छ। मन्त्रालयले दुई सातायता आधा दर्जनभन्दा बढी उच्च अधिकृतहरुको सरुवा गरेको छ।
गण्डकी प्रदेश सरकारको आज बसेको छैटौँ मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार कार्यालयबाट प्रदान गरिने सेवासुविधाका लागि अब एक जिल्लाबाट अर्को जिल्लामा जान नपर्ने निर्णय गरेको छ ।
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहिया नाकामा आइतबार साँझ स्थानीयवासीले सशस्त्र प्रहरीलाई ढुङ्गामुढा गरेपछि जवाफमा प्रहरीले हवाई फायर गरेको छ।
चीनका लागि नवनियुक्त नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले छिमेकी मुलुकसँगका सबै समस्या आपसमा बसेर संवादका साथ सार्वभौम र समानताका आधारमा समाधान गर्न सकिने बताएका छन्।