बुधबार, चैत ११, २०८२

चार भाइरसको जस्तै काेराेनाकाे पनि खोप नबन्न सक्छ

भ्याक्सिनको खोजीमा वर्षौं लाग्न सक्छ, दशकौं पनि लाग्न सक्छ। कोरोनाविरुद्धको खोप बन्दै नबन्न पनि सक्छ।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

विश्वभर करोडौं मानिस कोरोना भाइरसविरुद्धको खोपको प्रतीक्षामा छन्। भ्याक्सिन बनाउने प्रक्रिया जति छिटो भए पनि यसको लागि समय लाग्ने विशेषज्ञहरुले बताउँदै आएका छन्।

National life

भ्याक्सिनको खोजीमा वर्षौं लाग्न सक्छ, दशकौं पनि लाग्न सक्छ। कोरोनाविरुद्धको खोप बन्दै नबन्न पनि सक्छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का हेल्थ इमर्जेन्सी डाइरेक्टर माइकल रेयान भन्छन्, ‘हामीले यो भाइरससँगै जिउनुपर्ने हुनसक्छ।’

यसअघि पनि केही घातक रोगविरुद्ध भ्याक्सिन बनाउने प्रयास असफल भएका छन्।

यी हुन् चार घातक भाइरस, जसको भ्याक्सिन अहिलेसम्म बन्न सकेको छैन।

Laxmi sunrise bank
kumari

एचआईभी

एचआईची भाइरसको बारेमा पत्ता लागेको ३० वर्षभन्दा बढी भइसकेको छ। यो भाइरसका कारण एड्स रोग लागेर हालसम्म विश्वभर ३ करोड २० लाख मानिसको ज्यान गइसकेको छ।

एचआईभी भाइरसका कारण मानिसको जीवनशैलीमा ठूलो परिवर्तन आयो। मानिसहरु आफ्नो यौन आदत परिवर्तन गर्न बाध्य भए। किनकी एचआईभी संक्रमणको मुख्य कारण यौन सम्बन्ध नै हो।

अहिलेसम्म पनि एचआईभीको कुनै औषधि वा भ्याक्सिन बनेको छैन। यद्यपि, उपचारबाट यसको असर कम गर्न सकिन्छ र परहेजमा बसेमा यसबाट बच्न सकिन्छ। एचआईभी संक्रमण भएर पनि मानिस सामान्य जीवन जिउन सक्छ। अहिलेसम्म विश्वभर चार करोड मानिस यसबाट प्रभावित भइसकेका छन्।

एभियन इन्फ्लुएन्जा

सन् १९९० को दशकको अन्त्यतिर सुरु भएर अहिलेसम्म पनि निर्मूल नभएको एभियन इन्फ्लुएन्जाका दुई प्रकारका भाइरस भेटिएका छन्। यसबाट कैयौं संक्रमित भएका छन् र मृत्यु पनि भएको छ।

यो भाइरस चराको विष्टाबाट मानिसमा सरेको थियो। सन् १९९७ मा पहिलो पटक हङकङमा एचफाइभएनवन भाइरस पुष्टि भएको थियो। उक्त भाइरसका कारण त्यहाँ ठूलो संख्यामा कुखुरा नष्ट गरिएको थियो।

अहिलेसम्म अफ्रिका, एसिया तथा युरोपका ५० भन्दा बढी देशमा यो भाइरस फैलिसकेको छ। यो भाइरसबाट हुने मृत्युदर ६० प्रतिशत छ। मे २०१३ मा चीनमा एचसेभेनएननाइन भाइरस पत्ता लागेको थियो।

डब्लुएचओका अनुसार सन् २०१३ देखि २०१७ को बीचमा यो भाइरसबाट १ हजार ५६५ जना संक्रमित भएका थिए, जसमध्ये ३९ प्रतिशतको मृत्यु भएको थियो। अहिलेसम्म एभियन इन्फ्लुएन्जाको कुनै औषधि वा भ्याक्सिन बनेको छैन।

सार्स

सार्स–कोवी एक प्रकारको कोरोना भाइरस नै हो। यसको बारेमा पहिलोपटक सन् २००३ मा थाहा भएको थियो। अहिलेसम्मको अध्ययनको अनुसार यो भाइरस चमेराबाट मानिसमा सरेको थियो।

यो भाइरसको संक्रमण भएमा सास लिन एकदमै गाह्रो हुन्छ। २००३ मा २६ देशमा ८ हजारभन्दा बढी मानिस यो भाइरसबाट संक्रमित भएका छन्। यीमध्ये ९१६ जनाको मृत्यु भएको थियो।

मर्स

मर्स–कोव पनि एक प्रकारको कोरोना भाइरस नै हो। यो भाइरसको बारेमा पहिलो पटक सन् २०१२ मा पत्ता लागेको थियो। यो भाइरसबाट मृत्यु हुनेको दर निकै छ। सन् २०१९ को अन्त्यसम्ममा यो भाइरसबाट २ हजार ४९४ जना संक्रमित भएका थिए।

यीमध्ये ८५८ जनाको मृत्यु भयो। २७ देशमा मर्स भाइरस फैलिएको थियो। अरबी उँटलाई यो भाइरसको मुख्य स्रोत मानिँदै आएको छ।

बीबीसी

प्रकाशित: Jun 08, 2020| 06:15 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्