मान्छेको जीवन यस्तै छ यहाँ को पापी को धर्मी
आफ्नो कर्तव्य निभाउँदै छु म बनेर स्वास्थ्यकर्मी
बिहानको शीतको थोपादेखि नडुबेसम्म घाम
मेरो पेशा यस्तै छ सम्झी नरुनु मेरी आमा
चित्कार छ विश्व जगतमा सबको छ रोनाधोना
महाकाल बनेर घरघर आउँदैछ कोरोना
जताततै राेग फैलिंदै छ नडुल्नु छिमेकी गाम
घरभन्दा पर पर बाहिर कसैलाई नछुनु मेरी आमा
न रात भन्न पाउँछु मैंले न भन्न पाउँछु दिन
जब आमा तिमीलाई सम्झन्छु हुन्न मुहार मलिन
बिरामीको स्याहारसुसार यस्तै दिनहुँ काम
छोरीलाई सम्झी आँशुले पछ्यौरी नधुनु मेरी आमा
न गाँसको ठेगान हुन्छ आमा न त हुन्छ बासको
बाहिर सुन्छु चित्कार जनको दियो जगाउँदै आशको
सेवागरी जनको संसारमा चम्काउँछु भन्थे नाम
कल्पनामै सिमित होला झै भो नहुनु मेरी आमा
सेवा गरी बसेको छु बिरामीकाे नभनी बतास झरी
सकेसम्म बचाउँछु जनलाई आफ्नो प्रवाह नगरी
कोरोनाले नगएर छोडेको कुन छ र त्यस्तो ठाम
अब लाग्छ रोगी बढेको खबर नसुनु मेरी आमा