सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना महामारीमा स्वास्थ्य मन्त्रालयलाई सरुवाको चटारो

कोरोना महामारीमा स्वास्थ्य मन्त्रालयलाई सरुवाको चटारो

कोरोना भाइरसको महामारीका बीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भने सरुवाको चटारो छ। मन्त्रालयले दुई सातायता आधा दर्जनभन्दा बढी उच्च अधिकृतहरुको सरुवा गरेको छ।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

कोरोना भाइरसको महामारीका बीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भने सरुवाको चटारो छ। मन्त्रालयले दुई सातायता आधा दर्जनभन्दा बढी उच्च अधिकृतहरुको सरुवा गरेको छ।

मन्त्रालयका सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक, मन्त्रालयका प्रवक्तालगायत सरुवामा परेका छन्।

स्वास्थ्य सचिव यादव कोइराला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका छन्। उनको ठाउँमा लक्ष्मण अर्याल आएका छन्।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई छाउनीस्थित कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरमा काजमा खटाइएको छ। उनको ठाउँमा मन्त्रालयबाट डा. दीपेन्द्ररमण सिंह गएका छन्।

मन्त्रालयले व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेललाई हटाएर डा. रमेश खरेललाई ल्याएको छ।

त्यसैगरी प्रवक्ता डा. विकास देवकोटा गुणस्तर तथा नापतौल विभागमा सरुवा गरिएका छन्। उनको ठाउँमा डा. जागेश्वर गौतमलाई ल्याइएको छ। गौतम परोपकार तथा प्रसूति गृहमा निर्देशक थिए्।

प्रसूति गृहमा डा. संगीता मिश्र ल्याइएकी छन्। उनी कोशी अस्पताल विराटनगरमा निर्देशक थिइन्।

प्रकाशित: Jun 08, 2020| 07:47 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।