सोमबार, भदौ ८, २०८३

कर्मचारीमा संक्रमणपछि जिप्रका बर्दिया बन्द

बर्दियाका प्रमुख जिल्ला अधिकारीका सवारी चालकमा समेत संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय बर्दिया पूर्ण रुपले बन्द गरिएको छ।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

बर्दिया- बर्दियाका प्रमुख जिल्ला अधिकारीका सवारी चालकमा समेत संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय बर्दिया पूर्ण रुपले बन्द गरिएको छ।

जिप्रकालाई बन्द गरी १९ जनाको पीसीआरका लागि स्वाब संकलन गरिएको छ। जिप्रकाका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी बालकृष्ण अधिकारीले चालकलाई गुलरियास्थित जिल्ला समन्वयको सभाकक्षको आइसोलेसनमा राखिएको जानकारी दिए।

बढैयाताल गाउँपालिका ७ बकोतियाकी २५ वर्षीया स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उक्त गाउँ पूर्ण रुपले बन्द गरिएको छ।

संक्रमित बाँसगढी नगरपालिका–७ डेउढाकलामा रहेको स्वास्थ्यचौकीका ल्याब असिस्टेन्ट हुन्।

संक्रमितको परिवारका सदस्यको पपीसीआर परीक्षण रिपोर्ट नआउँदासम्म गाउँ नै पूर्णरुपले बन्द रहने बढैयातालका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए।

बढैयाताल– ६ मैनापोखरका ३६ वर्षीय पुरुषमा पनि संक्रमण भेटिएपछि मैनापोखर गाउँ क्षेत्र तीन दिनसम्मका लागि बन्द गरिएको छ।
संक्रमित पुरुष गाउँपालिकाका कर्मचारीमा भएकाले कार्यालय पनि बन्द गरिएको छ।

दुवै संक्रमित समुदायमा सम्पर्क भएको पाइएकाले सम्पर्कमा रहेका व्यक्तिको पहिचान र अन्य व्यक्तिमा संक्रमण फैलिन नदिन गाउँ पूर्ण रुपले बन्द गरिएको अध्यक्ष श्रेष्ठले बताए।

दुवै ठाउँका संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक टे«सिङ भइरहेको स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलले बताए।

संक्रमित स्वास्थ्यकर्मी कार्यरत डेउढकलास्थित स्वास्थ्यचौकीलाई नै क्वारेन्टिन बनाएर उनीसँग प्रत्यक्ष सम्पर्कमा आएका सबै स्वास्थ्यकर्मीलाई राखिएको बाँसगढीका उपप्रमुख सुष्मा चौधरीले बताइन्।

प्रकाशित: Jun 07, 2020| 21:20 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।