सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसपामा ठाकुर र यादव दुई अध्यक्ष, दर्ताका लागि आयोगमा निवेदन

जसपामा ठाकुर र यादव दुई अध्यक्ष, दर्ताका लागि आयोगमा निवेदन

राजपा र समाजवादी पार्टी एकिकरण भएर बनेको जनता समाजवादी पार्टी (जसपा) ले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

काठमाडौं- राजपा र समाजवादी पार्टी एकिकरण भएर बनेको जनता समाजवादी पार्टी (जसपा) ले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ।

पार्टी पदाधिकारीमा को को रहने भन्ने टुंगो नलाग्दा एकीकरण घोषणा भएको लामो समयसम्म जसपा दर्ताको प्रक्रिया अघि बढ्न सकेको थिएन ।
आइतबार साँझ जसपाका नेताहरु निर्वाचन आयोग पुगेर पार्टी दर्ताको निवेदन दिएका हुन्।

सहमती अनुसार पार्टी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने छन् । त्यसैगरी अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतोको बरियता क्रमशः तोकिएको छ। राई, भट्टराई, महतो वरिष्ठ नेता रहनेछन्।

जसपाले ५३ सदस्यीय केन्द्रीय कार्य समिति पनि बनाएको छ।

यसअघि पार्टीको वरियतामा कुरा नमिल्दा दर्ता प्रक्रिया अलमलमा परेको थियो ।

अब आयोगले सम्पूर्ण प्रक्रिया कानुन अनुसार पूरा भए नभएको हेरी दल दर्ता गर्ने/नगर्ने निर्णय गर्नेछ।

 

 

प्रकाशित: Jun 07, 2020| 19:06 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।