अफगानिस्तानबाट उद्धार गरिएका थप ६१ नेपाली बुधबार स्वदेश फर्किएका छन्। उनीहरु बिहान कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।
प्रदेश प्रमुखबाट पदमुक्त भएका डा. राजेश झा अहिराजले राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिँदै कार्यालय छोडेका छन्।
मञ्जु मिस सानोमा बुवा कविसँगै लेखनाथको घर जाँदा कविशिरोमणिले दाह्रीमा मोही दलिरहेका रहेछन्। दाह्री मुलायम बनाउन उनले त्यसरी मोही दल्ने गरेको कुरा मिसले हामीलाई सुनाउनुभएको थियो। कविशिरोमणिसँग जोडिएका यस्ता अनेक...
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर आफूलाई प्रमुखमा पुनर्बहाली गर्न माग गर्दै हितेन्द्रदेव शाक्यले दिएको निवेदनको पेशी न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको छ।
तालिबानले अफगानिस्तान कब्जा गरेपछि अफगानी महिलाहरु चिन्तित छन्। अबका दिनमा अफगानी महिला तथा बालबालिकाको के दुर्दशा के हुने हो भन्ने चिन्ताले धेरैको मन खाएको छ।
कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता चार महिनाका अवधिमा काभ्रेमा १ सय ३७ सङ्क्रमितको मृत्यु भएको छ। यही अवधिमा जिल्लामा दश हजारभन्दा बढीमा सङ्क्रमण देखिएको तथ्याङ्कले देखाएको छ।
मेलम्ची नगरपालिकाले फोहर उठाउन बन्द गरेपछि नगरवासी समस्यामा परेका छन्। हालैको अकल्पनीय बाढीले पुलबजार तथा पीपलबोट क्षेत्रका केही घरमा क्षति र केही घरका पसलमा बालुवा भरिएर पनि अन्य क्षेत्रका बजार...