बुधबार, जेठ २०, २०८३

राज्यको कुनै सुविधा लिन्‍न : पूर्वप्रदेश प्रमुख राजेश झा

प्रदेश प्रमुखबाट पदमुक्त भएका डा. राजेश झा अहिराजले राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिँदै कार्यालय छोडेका छन्।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

जनकपुरधाम- प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भएका डा. राजेश झा अहिराजले राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिँदै कार्यालय छोडेका छन्।

National life

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको सिफारीसमा प्रदेश २ प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएपछि उनी बुधबार कार्यालय तथा आवासबाट बिदा भएका हुन्।

झाले आफ्नो छोटो कार्यअवधिमा प्रदेश प्रमुखको पद निस्कृय नरहेको सन्देश दिँदै आम नागरिकसँग घुलमिल भएर काम गर्ने अवसर पाएको बताए। उनले आफू पदभार ग्रहण गर्दा ‘शिरमा देश र मनमा मधेश’ लाई राखी कार्य गर्नेछु भनि प्रतिबद्धता गरेको र उक्त प्रतिबद्धतालाई सदैब आत्मसात गरेको बताए।

उनले राज्यबाट आफूले पाउने कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका छन्। प्रदेश प्रमुखको हैसियतमा काम गरेको विवरणसहितको पुस्तिका प्रदेश प्रमुख कार्यालयका सचिवलाई हस्तान्तरण गर्दै उनले राज्यबाट पाउने कुनै पनि सेवा नलिने घोषणा गरेका हुन्।

२०७७ साल फागुन ७ गते प्रदेश प्रमुखमा नियुक्त भएका झालाई वर्तमान मन्त्रिपरिषद्को सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पदमुक्त गरेकी छन्। प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख मिश्रले सपथ ग्रहण गरिसकेका छन्।

Shivam cement

प्रकाशित: Aug 18, 2021| 11:49 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।