बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवा सरकार एमाले विभाजनमा लाग्नु दुर्भाग्य : भीम आचार्य

देउवा सरकार एमाले विभाजनमा लाग्नु दुर्भाग्य : भीम आचार्य

नेकपा एमाले सचिव भीम आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार एडी चोटीको बल लगाएर एमाले विभाजनमा लाग्नु दुर्भाग्य भएको बताएका छन्।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

काठमाडौं- नेकपा एमाले सचिव भीम आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार एडी चोटीको बल लगाएर एमाले विभाजनमा लाग्नु दुर्भाग्य भएको बताएका छन्।

'प्रतिनिधिसभा बिघटन विरोधी अभियान संसद्, संविधान र लोकतान्त्रीक प्रक्रिया बचाउनका लागि गरिएका थिए। पार्टी बिभाजनको लागि होइन', उनले सामाजिक सञ्जालमा लेखेका छन्। एमाले विभाजनले लोकतन्त्र, गणतन्त्र र क्रान्तिका उपलब्धिहरूलाई कमजोर पार्ने र  अग्रगमनको यात्रामा गम्भीर धक्का दिने उनले बताएका छन्।

'लोकतन्त्र/संविधान र स्थायीत्वलाई कमजोर पार्ने सबै खाले प्रतिकृयावादीहरूको उक्साहट र सहयोगमा ल्याइएको अध्यादेश असंवैधानिक र प्रतिगामी कदम हो। यो तुरुन्तै फिर्ता गरीनु पर्दछ', उनले भनेका छन्।

पार्टी विभाजन गर्ने गरी गरिएका सबै हस्ताक्षर फिर्ता लिन उनले  सबै नेता तथा सांसदहरूलाई तथा विभाजन रोक्न भनि गरिएका कारबाही  फिर्ता लिन पार्टी नेतृत्वलाई अपिलसमेत गरेका छन्।

 विभाजनले सबै न्यायप्रेमी जनतालाई दुःखित र प्रतिक्रियावादीहरूलाई खुसी पार्ने उनको दाबी छ। उनले पार्टी विभाजन गर्न ल्याइएको प्रतिगामी अध्यादेशको विरोध गर्न र पार्टी एकताको पक्षमा दृढतापुर्वक लाग्न सम्पुर्ण नेता, कार्यकर्ता र आम जनसमुदायलाई अपिलसमेत गरेका छन्।

प्रकाशित: Aug 18, 2021| 08:21 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।