तालिबानले अफगानिस्तान कब्जा गरेपछि अफगानी महिलाहरू चिन्तित छन्। अबका दिनमा अफगानी महिला तथा बालबालिकाको के दुर्दशा के हुने हो भन्ने चिन्ताले धेरैको मन खाएको छ।
आलैका दिनमा अफगानी फिल्मकार सारा करिमीको पत्र सामाजिक सञ्जालमा भाइरल भएको छ। पत्रमा करिमीले तालिबानको सत्तामा अफगान महिलाको स्वतन्त्रता गुम्नसक्ने गहिरो चिन्ता व्यक्त गरेकी छिन्।
कुनै समय थियो अफगानका युवतीहरु मिनीस्कर्ट लगाउँथें। सिनेमा घर जान्थें। काबुल विश्वविद्यालय जाने युवतीका हातमा किताब हुन्थ्यो। एक्लै हिडिँरहेका देख्न सकिन्थ्यो।
उनीहरु स्वतन्त्र रुपमा र बिनाडर सडकमा घुम्ने गर्थे। उनीहरु जागिर गर्थे। अफिस जान्थे। र मन परेको ठाउँ र मनपरेको मान्छेसँग हिँड्न सक्थे।
अफगानिस्तानका महिलाहरुलाई सन् १९७० को दशकसम्म स्वतन्त्रता मिलेको थियो। तर सन् १९९६ देखि २००१ सम्म तालिबानको शासन रह्यो। महिलाहरुको स्वतन्त्रता खोसियो। अवस्था साह्रै दयनीय भयो।
महिलाहरुले स्वतन्त्र भएर हिँड्ने, मिनीस्कर्ट लगाउने, शपिङ्ग गर्ने, बाहिरफेर घुम्न र मन लागेको पढ्न पाउने अधिकार पाएका थिए।
अफगानिस्तानका महिलाहरुलाई सन् १९७० को दशकसम्म स्वतन्त्रता मिलेको थियो। तर सन् १९९६ देखि २००१ सम्म तालिबानको शासन रह्यो। महिलाहरुको स्वतन्त्रता खोसियो। अवस्था साह्रै दयनीय भयो।
अमेरिकी हस्तक्षेपले अफगानिस्तानलाई तालिबानबाट मुक्त गरायो। त्यसपछि अफगानी महिलाले स्वतन्त्रताको सास लिन पाए। अमेरिकाले सन् २००१ मा तालिबानलाई सत्ताच्यूत गरेको थियो।
तर वीस वर्षपछि अवस्था उलटपुलट भएको छ। अहिले फेरि तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएको छ।
अफगानी महिलाले पाएको स्वतन्त्रतामाथि अबका दिनमा बन्देज लाग्न सक्छ। र, नहोस् भनेर गरिएको कामना विपरीतका कार्य भए भने फेरि पनि अफगानिस्तान सदियौं पछाडि पुग्नेछ। अफगानिस्तान २ सय पछाडि धकेलिने त होइन भन्ने डर छ।
तिनलाई एक तालिबान लडाकुले भने, ‘तपाईं एक महिला हो, छुट्टै उभिनुस्।’ यसले आगामी दिनका गम्भीरताको संकेत गरेको छ।
काबुल विमानस्थलमा बुर्का नलगाएकी एक महिलालाई गोली हानिएको समाचार आएको थियो।
त्यस्तै सिएनएनकी महिला रिपोर्टर क्लेरिसा वार्डको एउटा सामग्री पनि सामाजिक सञ्जालमा भाइरल भयो।
तिनलाई एक तालिबान लडाकुले भने, ‘तपाईं एक महिला हो, छुट्टै उभिनुस्।’ यसले आगामी दिनका गम्भीरताको संकेत गरेको छ।
तालिबानको सत्तासँगै परिस्थिति कसरी परिवर्तत भइरहेछ भन्ने यो घटनाले प्रष्ट पार्छ। क्लेरिसाले बुर्का लगाएर रिपोर्टिङ गर्नुपर्यो। यो पक्कै सुखद संकेत होइन।
तालिवानी शासकहरुले महिलाई सत्तामा सामेल गराउने तथा पढ्नेलेख्ने र अन्य अधिकार दिने घोषणा गरेका छन्। यसले तालिवनहरु विगतमाभन्दा केही उदार भएका हुन् कि भन्ने संकेत गरेको छ।
तर, तालिवानीले महिलालाई अधिकार दिएसँगै उनीहरुले इस्लामिक नियम मान्नुपर्ने पनि बताएका छन्। अर्थात, स्वतन्त्रता इस्लामिक नियमसंगत हुनेछ।
यसैबीच अफतानिस्तानमा बुर्काको मूल्य १० गुणाले बढेको खबर आएका छन्।
वेब दुनियाँबाट