बिहीबार, भदौ ४, २०८३

पिकअपको ठक्करबाट एकको मृत्यु, दुई घाइते

बाराको परवानीपुर गाउँपालिका–४ मा पिकअप गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको भने दुईजना घाइते छन्।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

काठमाडौं- बाराको परवानीपुर गाउँपालिका–४ मा पिकअप गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको भने दुईजना घाइते छन्।

मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको वीरगन्ज महानगरपालिका–१६, इनर्वाटोलका ३८ वर्षीय राजेश राम रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गण्डकस्थित नारायणी बयोधा अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकी दुई किशोरीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ना४च ३४३२ नम्बरको पिकअप गाडीले ना२१प १८३१ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुका ठक्कर दिएको थियो। गाडी चालक भने फरार रहेका छन्।

प्रकाशित: Aug 18, 2021| 10:05 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।