बिहीबार, भदौ ४, २०८३

अफगानिस्तानबाट थप ८७ नेपालीलाई स्वदेश ल्याइयो

अफगानिस्तानबाट उद्धार गरि कुवेत पुर्‍याइएका थप ८७ जना नेपालीलाई स्वदेश ल्याइएको छ।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

काठमाडौं- अफगानिस्तानबाट उद्धार गरि कुवेत पुर्‍याइएका थप ८७ जना नेपालीलाई स्वदेश ल्याइएको छ। मंगलबार राति ११ बजे जजिरा विमानमार्फत कुवेतबाट थप ८७ जना नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए। 

मंगलबार बिहान १ सय १८ जना नेपाली आइपुगेका थिए। अमेरिकी सरकारको बन्दोबस्तीमा नेपालीहरू स्वदेश फर्किएका हुन्। 

अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३ सय ८५ मध्ये २ सय ५ जना नेपाल आइपुगेका छन् भने उद्धार गरेर कतार पुर्‍याइएका अन्यलाई पनि स्वदेश ल्याउने तयारी भइरहेको छ।

प्रकाशित: Aug 18, 2021| 08:28 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।