बिहीबार, भदौ ४, २०८३

संसद् छल्दै अध्यादेश ल्याउनु गलत : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले संसद् छलेर अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरेका छन्।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले संसद् छलेर अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरेका छन्। 

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, 'संसद् अधिवेशन हठात अन्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत! हिजो गलत, आज गलत, सधैं गलत, जसले गरे पनि गलत।'

हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक नरहेको उनको टिप्पणी छ। समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नु पर्ने नेता थापाले बताए।

'गत वर्ष वैशाखमा यसरी नै संसद् छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/हुँदैन। विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ', उनले भनेका छन्।


प्रकाशित: Aug 18, 2021| 09:11 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।