शुक्रबार, भदौ ५, २०८३

माधव नेपाल पक्षमा कति सांसद, कति केन्द्रीय सदस्य? [नामावली सहित]

नेकपा एमाले फूटको अन्तिम संहारमा पुगेको छ। एमाले वरिष्ठ नेता माधवकुमार नेपालस पक्षको नयाँ दल दर्ताको तयारी अन्तिम चरणमा रहेको छ।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

काठमाडौं- नेकपा एमाले फूटको अन्तिम संहारमा पुगेको छ। एमाले वरिष्ठ नेता माधवकुमार नेपालस पक्षको नयाँ दल दर्ताको तयारी अन्तिम चरणमा रहेको छ।

सरकारले दल विभाजनलाई सहज हुनेगरी अध्यादेश ल्याउने निर्णय गरे लगत्तै प्रमुख विपक्षी दल नेकपा एमाले विभाजनतिर अगाडि बढेको हो।

राजनीतिक दल सम्बन्धी ऐन-२०७३ ले दल विभाजन गर्न पार्टी र संसदीय दलमा ४०/४० प्रतिशत हुनुपर्ने व्यवस्था गरे पनि एमाले विभाजन गराउनकै लागि सरकारले अध्यादेश ल्याएको छ।

सरकारले दल वा स‌ंसदीय दलमा २० प्रतिशत भए पनि पार्टी विभाजन गर्न सकिनेगरी अध्यादेश ल्याएसँगै एमाले विभाजन औपचारिकतातर्फ अगाडि बढेको छ।

एमालेमा १ सय २१ जना सांसद छन्। जन मध्ये माधव नेपालको पक्षमा २२ सांसद खुलेका छन्।

यी हुन् माधव पक्षमा खुलेका सांसद

-विरोध खतिवडा

- जीवनराम श्रेष्ठ

- कल्याणी खड्का

- मेटमणि चौधरी

- भवानी खापुङ

- मुकुन्द न्यौपाने

- पार्वती बिसुंखे

- हिरा केसी

- कृष्णकुमार श्रेष्ठ किसान

- गोपाल बम

- प्रेमबहादुर आले

- धनबहादुर बुढा

- विना बुढाथोकी

- सरला यादव

- पुष्पाकुमारी कर्ण

- लक्ष्मी चौधरी

- निरादेवी जैरू

- रामकुमारी झाँक्री

- कलिला खातुन

- समिमा हुसेन 

- कृष्णलाल महर्जन

यस्तै एमालेमा दुई सय तीन केन्द्रीय सदस्य छन्। जस मध्ये ५० भन्दा बढी केन्द्रीय सदस्य नेपालको पक्षमा खुलिसकेका छन्।

यी हुन् नेपाल पक्षमा खुलेका केन्द्रीय सदस्य

- झलनाथ खनाल

- वामदेव गौतम

- मुकुन्द न्यौपाने

- गंगालाल तुलाधर

- नागेन्द्र चौधरी

- प्रदीप नेपाल

- प्रकाश ज्वाला

- परशुराम मेघी गुरुङ

- बेदुराम भुसाल

- रघुजी पन्त

- राजेन्द्रप्रसाद पाण्डे

- रामप्रीत पासवान

- डा. विजय पौडेल

- श्रीमाया थकाली

- गौरा प्रसाईं कोइराला

- जगन्नाथ खतिवडा

- तुलबहादुर गुरुङ

- भागवत विश्वासी

- शत्रुधन महतो

- चूडामणि जंगली

- जयन्ती राई

- जीवनराम श्रेष्ठ

- बलदेव चौधरी

- राजेन्द्रकुमार राई

- रामकुमारी झाँक्री

- लक्ष्मण पौडेल

- विजय गुरुङ

- विरोध खतिवडा

- विश्वनाथ प्याकुरेल

- सावित्रा भुसाल

- सीता गिरी ओली

- श्रीप्रसाद शाह

- केदार न्यौपाने

- कल्याणी खड्का

- घनेन्द्र बस्नेत

- प्रमेश हमाल

- रामकुमार ज्ञवाली

- धर्मनाथ साह

- यदुवंश झा

- रामचन्द्र यादव, रवीन्द्र बैठा

- रामचन्द्र साह तेली

- रत्नेश्वर गोइत

- हरिनारायण महतो

- कृष्ण खनाल

- दिनेश राई

- निरा जैरू

- प्रेमलकुमार खनाल

- मेटमणि चौधरी

- रचना खड्का

- रामरतीदेवी राम

- शेरबहादुर केसी

- हंसराज शाही

- खगेन्द्र चुँडाल

- डा. देउमान सम्बाहाङ्फे

- देवशंकर पौडेल 

- सरला यादव

राष्ट्रपति विद्या भण्डारीबाट दल विभाजनसम्बन्धी अध्यादेश जारी भएको एक–दुई दिनभित्रै दल दर्ता गर्ने नेता नेपालको तयारी छ। नेपाल पक्षले पार्टीको नाम नेकपा एमाले (समाजवादी), चुनाव चिह्न कलम प्रस्ताव गर्ने र आयोगले नमाने विकल्प दिने तयारी गरेको छ।

उता एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बरिष्ठ नेता नेपालसहित १४ सांसदलाई पद मुक्त गर्ने घोषणा गरिसकेका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मंगलबार सकिएको संसदीय दलको बैठकले १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित: Aug 18, 2021| 11:07 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...