बिहीबार, भदौ ४, २०८३

घाँस काट्ने क्रममा खसेर दुईको मृत्यु

अछामका घाँस काट्ने क्रममा खसेर दुई जनाको ज्यान गएको छ।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

काठमाडौं- अछामका घाँस काट्ने क्रममा खसेर दुई जनाको ज्यान गएको छ। जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासेनमा एक जना किशोरी र वडा नम्बर ५ मा पुरुषको घाँस काट्ने क्रममा रुखबाट खसेर ज्यान गएको हो।

वडा नम्बर ४ बाटुलासेनमा रुखबाट घाँस काट्ने क्रममा १७ बर्षीया किशोरी लक्ष्मी विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही गाउँपालिका मैठामाण्डुका ६५ वर्षीय जोगी बटालाको घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको स्थानीय जोसिला साउँदले भने। सालिमकोट भन्ने स्थानमा भैसीलाई घाँस काट्न गएका बेलामा मृत्यु भएको साउँदले बताए।

 

प्रकाशित: Aug 18, 2021| 07:45 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।