जाजरकोटमा नेपाली कांग्रेसले ७५ वटा वडामा अधिवेशन सर्वसम्मत सम्पन्न गरेको छ। वडा सभापतिसहित २ हजार ७९ जना पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत निर्वाचित भएका हुन्।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा पार्किङ गरी राखिएको अवस्थामा हराएको एकथान मोटरसाइकल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको टोलीले फेला पारेर सम्बन्धित सवारी धनीलाइ बुझाएको छ।
प्रतिनिधिसभाका सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशसभाका सभामुखविरुद्ध नेकपा (एमाले)ले दायर गरेको रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा परेको छ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजीको माग गर्दै परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सुनुवाइ गर्ने भएका छन्।
नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएको रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको छ।