आइतबार, चैत ८, २०८२

डब्ल्यूएचओको अन्तराष्ट्रिय बैठक सोमबारदेखि नेपालमा

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक सोमबारदेखि नेपालमा बस्ने भएको छ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक सोमबारदेखि नेपालमा बस्ने भएको छ। 

भदौ २१ देखि २५ गतेसम्म हुने बैठकमा सार्वजनिक स्वास्थ्य आपत्कालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गतिदिने र भाइरल हेपाटाइटिस, एचआइभी तथा यौन रोगहरूको उन्मूलनलगायत विषयमा छलफल हुने बताइएको छ। 

बैठकमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंह, क्षेत्रीय सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्रसंघका निकायलगायत संस्थाका प्रतिनिधिको उपस्थिति हुनेछ।

प्रकाशित: Sep 05, 2021| 11:14 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्