बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रेल सञ्चालन अनिश्चित बन्दै गएपछि ज्यालादारी कर्मचारी बर्खास्त

रेल सञ्चालन अनिश्चित बन्दै गएपछि ज्यालादारी कर्मचारी बर्खास्त

नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर रेल सञ्चालनको सुनिश्चता नहुँदै दैनिक ज्यालादारीमा नियुक्त गरिएको कर्मचारीलाई हटाएको छ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

जनकपुर- नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर रेल सञ्चालनको सुनिश्चता नहुँदै दैनिक ज्यालादारीमा नियुक्त गरिएको कर्मचारीलाई हटाएको छ। 

रेल सञ्चालन अनिश्चित बन्दै गएको र भएका कर्मचारीको कुनै काम नभएको अवस्थामा तलब दिएर कम्पनीले आर्थिकभार थेग्न नसकिने भन्दै दैनिक ज्यालादारीमा भर्ना गरिएका कर्मचारीलाई हटाएको हो।

तत्कालीन नेपाल रेल्वे कम्पनीका महाप्रन्धक गुरु भट्टराईले पदबाट हटने निश्चत भएपछि हतारहतारमा एक सय ५१ जनालाई कर्मचारीमा भर्ना गरेका थिए। तर, शेरबहादुर देउवा  प्रधानमन्त्री भएपछि रेल्वेको महाप्रन्धकमा नियुक्त भएका निरञ्जनकुमार झाले ती कर्मचारीलाई हटाएका हुन्। 

महाप्रन्धक झाले सूचना नै जारी गरेर तत्कालीन व्यवस्थापकले दैनिक ज्यालादारीमा नियुक्त गरिएका कर्मचारीहरु काममा नखटाई आफुखुसी हाजिर गर्ने कर्मचारीलाई नेपाल रेल्वे कम्पनी लिमिटेडले कुनै प्रकारको सेवा सुविधान नदिने बताएका छन्। 

केपी ओली नेतृत्वको सरकारले रेल्वे कम्पनीको प्रबन्ध सञ्चालकमा भट्टराईलाई नियुक्त गरेको थियो। रेल सञ्चालनमा नआउँदै रकम उठाएर कर्मचारी भर्ना गरी ठूलो रकम भ्रष्टाचार गरेको तत्कालीन प्रबन्ध सञ्चालक भट्टराईमाथि आरोप लागेको छ। ज्यालादारीमा नियुक्ति पाएका कर्मचारीले काम नगरी ज्याला पाउँदैनन्। 

प्रकाशित: Sep 05, 2021| 12:30 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।