सोमबार, माघ १२, २०८२

बीपी प्रतिष्ठानका चिकित्सक पुनः आन्दोलित

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक पुनः आन्दोलित बनेका छन्।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काठमाडौं– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक पुनः आन्दोलित बनेका छन्। सरकारले माग पूरा नगरेको भन्दै उनीहरुले अस्पतालका केहीबाहेक अन्य सेवा नै बहिष्कार गरेका छन्।

National life

प्रतिष्ठान सुधारको माग राखेर तीन महिनादेखि आन्दोलन जारी राख्दा समेत सरकारले सुधारप्रति चासो नदेखाएको भन्दै उनीहरु पुनः आन्दोलनमा उत्रिएका हुन्।

चिकित्सकहरुले आकस्मिक, कोभिड उपचार र पूर्व निर्धारित परीक्षाका कार्यक्रम बाहेकका सबै सेवा ठप्प पारेका छन्। डा. वैकुण्ठ अर्यालको प्रतिवेदन तथा आन्दोलनकारी र डा. गोविन्द केसीसँग गरिएको सहमति कार्यान्वयन नगरेका कारण पुनः आन्दोलन गर्नेपर्ने बाध्यता भएको प्रतिष्ठान शुद्धीकरण अभियानका सदस्य पदम नेपालीले बताए।  

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहले प्रतिष्ठानमा आर्थिक अनियमितता गरेको भन्दै उनीहरुको बर्खास्तीको माग गरेका छन्। साथै प्रतिष्ठानमा अन्य सुधारका काम गर्नुपर्ने चिकित्सक तथा कर्मचारीको माग छ। 


Laxmi sunrise bank
kumari


प्रकाशित: Sep 05, 2021| 12:16 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।