शनिबार, मंसिर १३, २०८२

कास्कीका ७२ मध्ये ६९ वडामा कांग्रेस अधिवेशन सम्पन्न

नेपाली कांग्रेस कास्कीको वडा अधिवेशन अन्तर्गत कास्कीका ७२ वटा वडामध्ये प्रायः वडामा अधिवेशन सम्पन्न भएको छ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

पोखरा– नेपाली कांग्रेस कास्कीको वडा अधिवेशन अन्तर्गत कास्कीका ७२ वटा वडामध्ये प्रायः वडामा अधिवेशन सम्पन्न भएको छ। सो अधिवेशनले वडा सभापति सहितको कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरु चयन गरेको छ। 

National life

पोखरा महानगरपालिका वडा नं. २० र २६ तथा मादी गाउँपालिका ४ मा वडा अधिवेशन हुन बाँकी रहेको निर्वाचन प्रमुख आर सी विमलले जानकारी दिए। ‘तीन वटा वडामा आज भोलिमा हुन्छ, होला अरु सबै वडामा अधिवेशन भइसक्यो,’ उनले भने। 

उनका अनुसार पोखरा–२० र मादी–४ मा वर्षाका कारण अधिवेशन हुन नसकेको हो भने पोखरा–२६ मा विवाद उत्पन्न भएको छ। केही नेता र पूर्व मन्त्रीहरुको एउटा गुटले मनोमानी ढंगले कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरेको भन्दै केही क्रियाशील सदस्यहरुले विरोध जनाएका छन्। 

मनोमानी ढंगले प्रतिनिधि र कार्यसमिति चयन गरेको भन्दै आफूहरुले निर्वाचन कार्यालय र केन्द्रीय समितिमा उजुरी गरेको क्रियाशिल सदस्य सुदीपराज ढुंगानाले बताए। पूर्व मन्त्री तारानाथ रानाभाट र यज्ञबहादुर थापा लगायतको समूहले वडा नम्बर २६ मा आफ्ना मान्छे मात्रै सिफारिस गरेको आरोप उनको छ।

प्रकाशित: Sep 05, 2021| 11:38 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।