शुक्रबार, भदौ ५, २०८३

बेदुराम भुसाल नेकपा (एस)को महासचिव

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले तत्कालीन एमालेमा स्थायी कमिटी सदस्य बेदुराम भुसाललाई अन्तरिम महासचिवको जिम्मेवारी दिएको छ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काठमाडौं- माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले तत्कालीन एमालेमा स्थायी कमिटी सदस्य  बेदुराम भुसाललाई अन्तरिम महासचिवको जिम्मेवारी दिएको छ। 

नेकपा (एस) गठनपछि पहिलोपटक जारी भएको अन्तरपार्टी निर्देशनमा दिइएको जिम्मेवारीमा उल्लेख भएअनुसार हाल पाँचजनाको स्थायी कमिटी गठन गरिएको छ भने सचिवालय प्रमुखको जिम्मेवारी भुसालले पाएका छन्। 

पार्टीको विधानमा महासचिवले सचिवालय प्रमुखको हैसियतमा काम गर्ने उल्लेख छ। तर, राष्ट्रिय भेलाअघि पदाधिकारीले पूर्णता नपाउने भएपछि हाललाई अन्तरिम सचिवालय र स्थायी कमिटी गठन गरिएको नेकपा(एस)ले जनाएको छ। 

स्थायी कमिटीमा नेपाल वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रमेश हमाल छन्। केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नभएसम्मका लागि गठन गरिएको अन्तरिम स्थायी कमिटी सदस्य भुसालले भने सचिवालय संयोजकको जिम्मेवारी पाएका हुन्। 

सचिवालयका सदस्यहरुमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, जयन्ती राई र जिवनराम श्रेष्ठ छन्। पार्टी विधानमा सचिवालयको प्रमुख महासचिव हुने व्यवस्था भएपनि हाल पदाधिकारी चयन भइसकेका छैनन्। सचिवालय प्रमुखले सचिवालयमा रहेका सदस्यको परामर्शमा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्छ। 

प्रकाशित: Sep 05, 2021| 11:31 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...