बिहीबार, भदौ ४, २०८३

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काठमाडौं- साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार नौ सय रुपैयाँमा कारोबार भएकोमा चालु साताको पहिलो दिन आइतबार ६ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। 

त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७८ हजार चार सय ४५ रुपैयाँ कायम भएको छ। महासंघकाअनुसार तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७८ हजार १५ रुपैयाँ कायम भएको छ। 

त्यसैगरी, महासंघले चाँदीको मूल्य प्रतितोला एक हजार दुई  सय ३० रुपैयाँ कायम गरेको छ। यस्तै, चाँदी प्रति १० ग्रामको मूल्य एक हजार ५४ रुपैयाँ ५० पैसा तोकिएको छ। 

प्रकाशित: Sep 05, 2021| 12:05 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।