बिहीबार, भदौ ४, २०८३

भालु खोलाले बगाउँदा बालिकाको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका– ७ स्थित भालु खोलामा आएको बाढीले अटोसहित बगाउँदा १३ वर्षीया बालिकाको मृत्यु भएको छ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिका– ७ स्थित भालु खोलामा आएको बाढीले अटोसहित बगाउँदा १३ वर्षीया बालिकाको मृत्यु भएको छ। आइतवार बिहान फसेको अटो निकाल्न गएकी यमकुमार राईको १३ वर्षीया छोरी यसिका राईको भालु खोलामा एक्कासि आएको बाढीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए। 

भालु खोलामा फसेको आफ्नो प्र.१–०५–००१ह०१२७ नम्बरको अटो निकाल्न परिवारसहित गएकी बालिका र अटोलाई माथिबाट एक्कासि आएको बाढीले बगाएको हो। 

बाढीले बगाएको अटोसहित बालिकाको शव फेला परिसकेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरासहितको टोलीले खोज तलास गर्ने क्रममा बालिकाको शव घटनास्थलबाट आठ किलोमिटर तल दक्षिण त्रियुगा नगरपालिका– ९ त्रियुगा खोलामा फेला पारेको छ। यस्तै अटो पनि पाँच सय मिटर तल फेला परेको छ। 

प्रकाशित: Sep 05, 2021| 11:10 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।