ताप्लेजुङ- ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा पार्किङ गरी राखिएको अवस्थामा हराएको एकथान मोटरसाइकल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको टोलीले फेला पारेर सम्बन्धित सवारी धनीलाइ बुझाएको छ।
गत भदौ १४ मा हराएको मे६प२९९५ नम्बरको डिस्कभर १२५ सीसी भएको कालो रातो रंगको मोटरसाइकल खोजतलाका क्रममा शनिबार फेला पारी सम्बन्धित धनीलाइ बुझाएको जिल्ला प्रहरी कार्यालय तालेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश अधिकारीले जानकारी दिए। झापा अर्जुनधारा नगरपालिका वडा नं ६ बस्ने गोविन्द ढुङ्गानाले फुङ्लिङ नगरपालिका वडा नं ४ मा पार्किङ गरेर राखेको मोटरसाइकल हराएको थियो।