शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले अध्यक्ष ओलीले दायर गरेको रिटको सुनुवाइ प्रधानन्यायाधीश राणाको इजलासमा

एमाले अध्यक्ष ओलीले दायर गरेको रिटको सुनुवाइ प्रधानन्यायाधीश राणाको इजलासमा

प्रतिनिधिसभाका सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशसभाका सभामुखविरुद्ध नेकपा (एमाले)ले दायर गरेको रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा परेको छ।
 |  आइतबार, भदौ २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २०, २०७८

काठमाडौं– प्रतिनिधिसभाका सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशसभाका सभामुखविरुद्ध नेकपा (एमाले)ले दायर गरेको रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा परेको छ।

उक्त रिट यसअघि न्यायाधीश मीरा खड्काको इजलासमा परेकोमा इजलास बस्न नसकेर रोकिएको थियो। रिटमा सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरिसकेका व्यक्तिको कारबाही कार्यान्वयन नगरेको भन्दै उनलाई विपक्षी बनाइएको छ। एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेर संसद् सचिवालयमा पत्र पठाएकोमा सभामुखले सूचना टाँस नगरिदिएपछि उनीहरुको कारबाही रोकिएको थियो। 

यस्तै, निर्वाचन आयोगले एमालेले कारबाही गरिसकेका सांसद तथा केन्द्रीय सदस्यहरुलाई सनाखत गराएर कानुनविपरीत नेकपा (एकीकृत समाजवादी)लाई मान्यता दिएको भन्दै विपक्षी बनाइएको छ। त्यसैगरी लुम्बिनी प्रदेशसभाले एमालेले गरेको कारबाही सिफारिस कार्यान्वयन अस्वीकार गरेको भन्दै त्यसको कार्यान्वयन माग गरिएको छ।

प्रकाशित: Sep 05, 2021| 12:28 आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...