निमित्त प्रजिअ राईले एक हप्तादेखि बन्द रहेका सेवा सोमबारबाट सञ्चालन भएको जानकारी दिएका छन्। स्वास्थ्य मापदण्डअनुसार तोकिएको समयमा आइसोलेशन बस्ने अवधि सकिएको र कोरोनामुक्त भएपछि कार्यालय सञ्चालन गरिएको उनले बताए।
कुश्मा नगरपालिका-३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १४औँ स्मृति दिवस मनाउन सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेलले गण्डकी प्रदेशको सम्भवनालाई पहिचान गरी सरकारले समृद्ध प्रदेश निर्माणका योजना तय गरेको बताए।
हेलिकोप्टरबाट गोसाइँकुण्ड जाने तीर्थयात्रीको बुकिङअनुसार कार्यतालिका बनाइए पनि उड्ने समयमा प्रायःजसो अत्यधिक मात्रामा हिउँहुरी चल्न थालेपछि निर्धारण गरिएका उडान पटक-पटक स्थगन गर्नुपरेको हेलिकोप्टर कम्पनीहरूले जनाएका छन्।
विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायतका पदको नियुक्तीप्रति असन्तुष्ट भएका विद्यार्थी सङ्गठनले गत पुसमा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीका अनुसार रु ९९ लाख ७१ हजार ९०८ लागतमा निर्माण सम्पन्न एकतले सो पक्की भवनमा हलसहित सातवटा कोठा रहेका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भीम रावलले एमसीसीबारे पत्राचार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई कारबाही गर्नुपर्ने बताएका छन्।
उता गृह मन्त्रालयले भने गाँजामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ। औषधीय प्रयोजनका लागि गाँजामाथिको प्रतिबन्ध हटाउने गृह मन्त्रालयले जानकारी दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको मौज्दात र खोप लगाउने व्यक्तिहरुको अभिलेख पठाउन सबै जिल्ला र स्थानीय तहलाई निर्देशन दिएको छ।