बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्री कार्कीद्वारा बर्जु गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

मन्त्री कार्कीद्वारा बर्जु गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीका अनुसार रु ९९ लाख ७१ हजार ९०८ लागतमा निर्माण सम्पन्न एकतले सो पक्की भवनमा हलसहित सातवटा कोठा रहेका छन्।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८
National life
Shivam cement

सुनसरी- सुनसरी बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी, उपाध्यक्ष सङ्गीताकुमारी राय, पालिकाका वडाध्यक्षलगायत जनप्रतिनिधिको उपस्थितिमा सो भवन उद्घाटन गरेका हुन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीका अनुसार रु ९९ लाख ७१ हजार ९०८ लागतमा निर्माण सम्पन्न एकतले सो पक्की भवनमा हलसहित सातवटा कोठा रहेका छन्।

नवनिर्मित भवन उत्तरा कन्ट्रक्शन एण्ड सप्लायर्स कटहरी मोरङले निर्माण गरेको हो। भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका लागि जग्गा उपलब्ध गराउने राधेश्याम चौधरी, रोमी शर्मा र बिनादेवी यादवलगायतलाई सम्मान गरिएको थियो।  रासस

प्रकाशित: Feb 08, 2022| 07:15 मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।