बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हिमपातका कारण गोसाइँकुण्डका धार्मिक यात्रु प्रभावित

हिमपातका कारण गोसाइँकुण्डका धार्मिक यात्रु प्रभावित

हेलिकोप्टरबाट गोसाइँकुण्ड जाने तीर्थयात्रीको बुकिङअनुसार कार्यतालिका बनाइए पनि उड्ने समयमा प्रायःजसो अत्यधिक मात्रामा हिउँहुरी चल्न थालेपछि निर्धारण गरिएका उडान पटक-पटक स्थगन गर्नुपरेको हेलिकोप्टर कम्पनीहरूले जनाएका छन्।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

रसुवा- हवाईमार्गबाट पवित्र तीर्थ गोसाइँकुण्ड जाने तीर्थयात्रु हिउँहुरीका कारण प्रभावित भएका छन्। हेलिकोप्टरबाट गोसाइँकुण्ड जाने तीर्थयात्रीको बुकिङअनुसार कार्यतालिका बनाइए पनि उड्ने समयमा प्रायःजसो अत्यधिक मात्रामा हिउँहुरी चल्न थालेपछि निर्धारण गरिएका उडान पटक-पटक स्थगन गर्नुपरेको हेलिकोप्टर कम्पनीहरूले जनाएका छन्।

National life

एयरपोर्टबाट करिब २६ मिनेटमा पुग्न सकिने नजिक रहेको तीर्थ गोसाइँकुण्ड भए पनि उडानको समयमा हिमहुरी, सेतो हुस्सुले समस्या बनाउने गरेकाले मौसमको प्रकृति हेरी उडान भर्दै आएको जनाइएको छ। सिम्रिक, हेलिअल्टिच्युड, कैलाश, डानेष्टिक, माउण्टेनसमेतका हेलिकोप्टर कम्पनीले आइतबारका दिन तय गरेको धार्मिक उडानसमेत हिमहुरी चलेका कारण स्थगन गर्नुपरेको सम्बन्धित कम्पनीले जनाएका छन्।

दुई दिनअघि परेको हिमपातले गोसाइँकुण्ड ताल पूरै बरफ भएको छ। डाँडापाखा पूरै सेताम्मे बनाएको र उच्च भागको सतहमा तीनदेखि पाँच फिटसम्म हिउँ जमेको स्थानीय बासिन्दाले बताएका छन्। अत्यधिक हिमपातका कारण गोसाइँकुण्डमा रहेका चारवटा होटलसमेत बन्द गर्नुपरेको होटल व्यवसायी कामीसितार तामाङले बताए।

धार्मिक मान्यताअनुरूप जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने गोसाइँकुण्ड तीर्थमा पैदलमार्गबाट जान नसक्नेका लागि पछिल्लो समय मौसमको अवस्था हेरी हेलिकोप्टर कम्पनीले उपलब्ध गराएको हावाई सेवाबाट स्थानीय भक्तजन प्रफुल्लित हुँदै आएको पुरोहित टङ्कप्रसाद ढकालले बताए। अत्यधिक हिमपातका कारण पैदलमार्गबाट गोसाइँकुण्ड जाने भक्तजनको ओहोरदोहोर रोकिएको छ।

विशेषगरी चन्दनबारीबाट माथिल्लो भाग लौरीविनायक, बुद्व मन्दिर, तेरसो ककरोभिर हुँदै कुण्डसम्मको धार्मिकमार्ग हिमपातले पूरै छोपेको छ। पानीका पाइपसमेत हिउँले छोपिएका कारण चोलाङपाटीबाट लौरिविनायक एवं गोसाइँकुण्डका होटलसमेत बन्द भएका स्थानीयवासी बताउँछन्। यस्तै सदरमुकाम धुञ्चेसमेतका तल्लो क्षेत्रमा यही शुक्रबार र शनिबार परेको हिउँ भने पग्लिँदै गएको छ।

Shivam cement

समुद्री सतहबाट करिब चार हजार फिटसम्मका हिउँ पग्लिएपछि पैदलयात्रीलाई सहज भएको स्थानीय रेशम तामाङले बताए। होचो स्थानका हिउँ पग्लिएपछि चरण क्षेत्र खुला भई पशु आहारामा समेत सहज हुँदै आएको पशुपालक किसानले जानकारी दिएका छन्।  रासस

प्रकाशित: Feb 08, 2022| 07:52 मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।