शनिबार, साउन ३०, २०८३

जिल्ला प्रशासन कार्यालयको सेवा पुनः सुरु

निमित्त प्रजिअ राईले एक हप्तादेखि बन्द रहेका सेवा सोमबारबाट सञ्चालन भएको जानकारी दिएका छन्। स्वास्थ्य मापदण्डअनुसार तोकिएको समयमा आइसोलेशन बस्ने अवधि सकिएको र कोरोनामुक्त भएपछि कार्यालय सञ्चालन गरिएको उनले बताए।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

सिमिकोट- एक हप्तादेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय हुम्लाको सेवा सोमबारदेखि सञ्चालनमा आएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना संक्रमण भएपछि कार्यालयको सम्पूर्ण सेवा बन्द गरिएको थियो।

निमित्त प्रजिअ राईले एक हप्तादेखि बन्द रहेका सेवा सोमबारबाट सञ्चालन भएको जानकारी दिएका छन्। स्वास्थ्य मापदण्डअनुसार तोकिएको समयमा आइसोलेशन बस्ने अवधि सकिएको र कोरोनामुक्त भएपछि कार्यालय सञ्चालन गरिएको उनले बताए।

कार्यालयले सम्पूर्ण सेवा सञ्चालन गरेपछि सेवाग्राहीलाई सहज भएको छ। कार्यालयले राष्ट्रिय परिचयपत्र बनाउने, नयाँ नागरिकता प्रदान गर्न, प्रतिलिपि दिन, अन्य सिफारिस दिन सुरु गरेको छ। सेवा लिँदा सेवाग्राहीले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, खोपकार्ड र सामाजिक दूरी कायम गरिएको हुनुपर्ने उनले बताए। सेवा बन्द हुँदा जिल्लाका सेवाग्राहीले सास्ती खेप्नुपरेको थियो। रासस

प्रकाशित: Feb 08, 2022| 08:45 मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।