मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


दर्जनभन्दा बढी नेटो जहाजहरू स्टकहोम प्रस्थान

सैन्य अभ्यास पछि नेटो देशहरूका तेह्र युद्धपोतहरू स्टकहोमतर्फ प्रस्थान गरेको स्वीडेनको अफ्टनब्लाडेट अखबारले उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

भूमिगत पानीको दिगो व्यवस्थापनमा ध्यान दिन जोड

पानीको मुहान र स्रोत संरक्षण गरी दिगो व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाइ थियो। स्मार्ट वासका अध्यक्ष रामदीप साहले विश्वभर खानेपानीका रूपमा प्रयोग गरिने आधा पानीको स्रोत भूमिगत पानी नै रहेको...
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमनमा वृद्धि

पदयात्राका लागि अन्नपूर्ण पदमार्गमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ। कोरोना भाइरस र बाढीपहिराको वितण्डापछि अहिले लमजुङ हुँदै पदयात्रा मार्गमा आउने पर्यटकको सङ्ख्या दैनिक ९० भन्दा...
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

साउदीका आवासीय राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि साउदी अरेबियाका आवासीय राजदूत मुसैद सुलेमान अल मारवानीले सोमबार शिष्टाचार बिदाइ भेट गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

निर्वाचन आयोगको आचारसंहिता खारेज गर्न माग गर्दै रिट

सर्वोच्च अदालतमा निर्वाचित जनप्रतिनिधिले पुनः उम्मेदवार हुन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

एमाले केन्द्रीय कमिटी बैठकको कार्यसूचीमा के-के छ?

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आज सम्पन्न पोलिटब्युरो बैठकले यही चैत ९ र १० गते काठमाडौँमा बस्ने केन्द्रीय कमिटीको तेस्रो बैठकका लागि विभिन्न कार्यसूची तय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

स्थानीयस्तरको आवश्यकताका आधारमा गठबन्धन हुन्छ : वरिष्ठ नेता पौडेल

तनहुँको भानु नगरपालिका–१३ खड्कागाउँमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गठबन्धन आवश्यक रहेको र त्यसको निर्णय स्थानीयस्तरको आवश्यकताका आधारमा हुने बताए। अहिलेको अवस्थामा कांग्रेसका लागि पनि गठबन्धन आवश्यक रहेको पौडेलको...
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

एमसीसी देश विकासको सहयोगी परियोजना हो : प्रधानमन्त्री देउवा

खोटाङको दक्षिणी क्षेत्र जोड्ने साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले एमसीसी परियोजना देशको हितमा भएकाले विरोध गर्नुको कुनै औचित्य नरहेको बताए।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

एनआरएनएको निर्वाचन तत्काल नगर्न अन्तरिम आदेश

उच्च अदालत पाटनले गैरआवासीय नेपाली संघ (एनआरएनए) को यही चैत १० र ११ गते गर्ने भनिएको निर्वाचनसम्बन्धी काम तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्ने सहमति

कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा अल वीन समिख अल मारीबीच भएको भेटवार्तामा श्रम सम्झौता नवीकरण गर्ने सहमति भएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

यू-१८ साफ च्याम्पियनसिपमा नेपालको लगातार तेस्रो हार

भारतको जमशेदपुरमा जारी यू १८ महिला साफ च्याम्पियनसिपमा नेपालले तेस्रो हार बेहोरको छ। यो हारसँगै नेपालले उपाधिको यात्रामा पूर्णविराम लगाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

चीनमा जहाज दुर्घटना : उद्धार जारी, सेना पनि परिचालन [४ तस्बिर]

उद्धारका लागि चिनियाँ सेनाको टोली परिचालन गरिएको पिपल्स लिबरेसन आर्मीको साउदर्न थिएटर कमान्डले भनेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

सिन्धुलीका एक वडाध्यक्षको कार्यकक्षमै निधन

जिल्लाको मरिण गाउँपालिका–६ का वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ। सोमबार कार्यालयमा सेवा प्रवाह गर्दै गर्दा मस्तिष्काघातका कारण उनको निधन भएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

लेटाङ घटनामा ज्यान गुमाएकी उर्मिलाका परिवारलाई राज्यले सहयोग गर्ने गृहमन्त्री खाणको प्रतिबद्धता

गृहमन्त्री बालकृष्ण खाणले मोरङको लेटाङ नगरपालिका वडा नं ५ मा आइतबार भएको घटनामा मृत्यु भएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको परिवारलाई राज्यका तर्फबाट सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

‘छुवाछुत मानव सभ्यताको कलंक’

उनले विभेदका घटनामा राज्यपक्षले लुकाउन खोजेको बताउँदै छुवाछुत अमानवीय र अपराधिक कार्य भएको बताए। उनले कथित गैरदलित समुदायले आफ्नो व्यक्तिगत अधिकारका नाममा कथित दलित समुदायमाथि अपराध गरेको बताए। विभेद रहित...
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

अनुशासित प्रहरी उर्मिला जसलाई कर्ममैदानमै 'हत्या' गरियो

लेटाङस्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले होली पर्वका दिन यौन दुर्व्यवहार गरेको घटना आइतबार बाहिरिएपछि विद्यालय परिसर तनावग्रस्त बन्यो। २६ वर्षीया उर्मिला श्रेष्ठले ज्यान गुमाउनुपर्‍यो।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस विधाको मनोनयनमा परेकी सन्तोषीलाई स्वर्ण

धादिङकी सन्तोषी श्रेष्ठले प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा सोमबार स्वर्ण जितेकी छन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी सन्तोषीले निर्धारित दूरी १९ मिनेट...
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

प्रथम बागमती प्रदेश खेलकुदः सुमिता र रिहानलाई स्वर्ण

नुवाकोटकी सुमिता तामाङ र काठमाण्डौंका रिहान जाबेदले प्रथम बागमती प्रदेश खेलकुद अन्तर्गत कराँतेको एकल कातामा स्वर्ण जितेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

निर्वाचन नसार्ने प्रधानमन्त्रीको प्रतिबद्धता, १३२ यात्रु बोकेको जहाज चीनमा दुर्घटना [२०७८-१२-७]

प्रधानमन्त्री शेरबहादुर देउवाले घोषित स्थानीय तहको निर्वाचन सार्ने सरकारको कुनै मनसाय नभएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८

दक्षिण एसियाली 'क्रस कन्ट्री एथलेटिक्स' खेल्न नेपाली टोली भारत जाने

दक्षिण एसियाली क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली मंगलबार भारतको नागाल्यान्ड प्रस्थान गर्दैछ।
नेपाल समय संवाददाता | सोमबार, चैत ७, २०७८