बिहीबार, साउन २८, २०८३

निर्वाचन आयोगको आचारसंहिता खारेज गर्न माग गर्दै रिट

सर्वोच्च अदालतमा निर्वाचित जनप्रतिनिधिले पुनः उम्मेदवार हुन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

काठमाडौं- सर्वोच्च अदालतमा निर्वाचित जनप्रतिनिधिले पुनः उम्मेदवार हुन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगले तयार पारेको आचारसंहिता खारेज हुनुपर्ने माग गर्दै रिट निवेदन दायर गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

 आयोगले बनाएको आचारसंहिता गैरकानूनी भएको तथा केन्द्र र प्रदेशको हकमा नपर्ने तर स्थानीय तहका प्रतिनिधिलाई मात्र लक्षित गरेर बनाइएको आचारसंहिता गैरकाकानूनी भएको रिट निवेदनमा छ। निर्वाचन आयोगले आगामी वैशाख ३० गते ७५३ वटै स्थानीय तहको निर्वाचन एकैपटक गर्ने तय गरेको छ भने निर्वाचनमा फेरि उठ्न चाहने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता बनाएको छ।

प्रकाशित: Mar 21, 2022| 22:45 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।