आइतबार, मंसिर ७, २०८२

प्रथम बागमती प्रदेश खेलकुदः सुमिता र रिहानलाई स्वर्ण

नुवाकोटकी सुमिता तामाङ र काठमाण्डौंका रिहान जाबेदले प्रथम बागमती प्रदेश खेलकुद अन्तर्गत कराँतेको एकल कातामा स्वर्ण जितेका छन्।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

चैतारा- नुवाकोटकी सुमिता तामाङ र काठमाण्डौंका रिहान जाबेदले प्रथम बागमती प्रदेश खेलकुद अन्तर्गत कराँतेको एकल कातामा स्वर्ण जितेका छन्। महिलातर्फ सुमिताले चितवनकी परजिस्मा श्रेष्ठलाई पराजित गदै स्वर्ण जितिन्। एकल कातामै काठमाडौंकी सन्जु देसार र काभ्रेकी मिना बोलन तेश्रो भए।  त्यस्तै पुरुष एकल कातामा रिहानले सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठलाई हराएका थिए भने भक्तपुरका सिरिस श्रेष्ठ र रामेछापका सरण सुनुवारले तेश्रो स्थानमा चित्त बुझाउनु पर्‍यो।       

National life

चौताराको आहालडाँडा छापस्थित सेमिकभर्ड हलमा भएको महिला तथा पुरुषतर्फको टिम कातामा काठमाडौं जिल्लाले बाजी मार्‍यो। महिलातर्फ निता आचार्य, सन्जु देसार र मुना शाक्यको कुसलतापूर्वक काता प्रर्दशनले उपाधि जित्‍न सफल भए। पुरुषतर्फ मनिस कार्की, राजकुमार कार्की र अमृत ठकरको टिमले स्वर्ण जिते। दुवै समूहमा रामेछाप रजत जित्‍न सफल भयो। महिला टिम कातामा भक्तपुर र सिन्धुली तेश्रो भए भने पुरुष टिम कातामा सिन्धुली र चितवान तेश्रो भएका छन्।

कुमुतेको महिला ४५ केजीमा चितवानकी बुद्धलक्ष्मी तामाङ र नुवाकोटका पुप्पका लामा फाइनलमा प्रवेश गरेका छन्।सोही तौल समूहमा ललितपुरकी सलिना पहरी र काभ्रेका हर्षा श्रेष्ठ तेश्रो भएका छन्।

पुरुष ५५ केजी तौल समूहमा सिन्धुपाल्चोकका वाङचुक शेर्पा र रामेधापका विसाल केसी फाइनलमा प्रवेश गरेका छन्। सोहि समूहमा काम्रेका खेलकुमार धलान र दोलखाका खेवराज श्रेष्ठ तेश्रो भए।

बागमती प्रदेशका १३ जिल्लाका सहभागिता रहेको प्रतियोगिताको स्थानिय चौतारा साँगचोकगडी नपाका प्रमुख अमानसिंह तामाङले उद्घाटन गरेका थिए। सो अवसरमा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी बेदिनिधि खनाल,प्रहरी प्रमुख राजन अधिकारी, बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्रालय खेलकुद महाशाखा प्रमुख देवनारायण चौधरी,सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिका प्रमुख गिर्मी लामालगायतको उपस्थिति रहेको थियो। प्रतियोगिता ९ गते सम्म सञ्‍चालन हुनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 21, 2022| 19:55 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।