बिहीबार, फागुन २१, २०८२

यू-१८ साफ च्याम्पियनसिपमा नेपालको लगातार तेस्रो हार

भारतको जमशेदपुरमा जारी यू १८ महिला साफ च्याम्पियनसिपमा नेपालले तेस्रो हार बेहोरको छ। यो हारसँगै नेपालले उपाधिको यात्रामा पूर्णविराम लगाएको छ।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

काठमाडौं- भारतको जमशेदपुरमा जारी यू १८ महिला साफ च्याम्पियनसिपमा नेपालले तेस्रो हार बेहोरको छ। यो हारसँगै नेपालले उपाधिको यात्रामा पूर्णविराम लगाएको छ।

पहिलो खेलमै आयोजक भारतसँग ७–० को हार बेहोरेको नेपालले आजको खेलमा ०-३ को हार बेहोरेको छ।

नेपालका लागि एकमात्र गोल सदिपा भोलानले गरिन्। दोस्रो हाफमा मैदान छिरेकी उनले खेलको ७९ औं मिनेटमा गोल गरेकी थिइन्।

भारतका लागि नितू लिन्डाले ह्याट्रिक गरिन्। उनले खेलको २३, ३८ र ६१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन्। त्यस्तै, भारतका लागि कप्तान सिल्की देवी हेमम र अनिता कुमारीले समान १–१ गोल गरे।

नेपालले प्रतियोगितामा अहिलेसम्म १६ गोलको सामना गरिसकेको छ भने तीन गोल मात्र गर्न सफल भएको छ। नेपालले बंगलादेशसँग ४–२ को हार बेहोरेको थियो।

kumari

नेपालको प्रदर्शन र आजको हारपछि तीन देखि सम्मिलित च्याम्पियनसिपको पुछारमा बस्ने निश्चित भएको छ।

प्रकाशित: Mar 21, 2022| 21:19 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।